मेची आँखा अस्पतालमा चिकित्सकहरुसॅग आरओपी विषयक अन्तरक्रिया

बिर्तामोड, ७ चैत । समय नपुग्दै जन्मने बच्चामा देखिने प्रमुख समस्यामध्ये आँखाको पर्दामा असर गर्ने समस्या रेटिनोप्याथी अफ प्रिम्याच्योरिटी (आरओपी) का बिषयमा मेची आँखा अस्पतालले चिकित्सकहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । झापाको बिर्तामोड ३ स्थित सैनिकमोडमा रहेको आँखा अस्पतालले बिर्तामोड, भद्रपुर लगायतका स्त्रीरोग बिशेषज्ञ, बालरोग बिशेषज्ञ, आँखा रोग बिशेषज्ञ , एनेस्थेसिया चिकित्सकसंग अन्तरक्रिया गरेको हो…