बिर्तामोड । झापामा नेकपा एमालेबाट निर्वाचित ७ जना जनप्रतिनिधि नेकपा समाजवादीमा प्रवेश गरेका छन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार १ जना वडाअध्यक्ष सहित ७ जनाले नेकपा समाजवादीमा सनाखत गरेका छन् । जिल्लामा पहिलो पटक झापा गाउँपालिका–७ का वडा सदस्य इश्वरी दाहालले सनाखत गरेका थिए । उनले सोमवार नै निर्वाचन कार्यालय पुगेर सनाखत गरेका हुन्…