खोटाङ, ७ असोज - जिल्लाको प्रमुख व्यापारिक केन्द्र तथा सदरमुकाम दिक्तेल बजारमा यही असोज १७ देखि २१ गतेसम्म ‘मुन्दुम अन्तरराष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी-२०८०’ सञ्चालन हुँदैछ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा जिल्लाका धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै पर्यटन प्रवद्र्धन तथा विकास गर्ने उद्देश्यले पाँचदिने ‘मुन्दुम अन्तरराष्ट्रिय चित्रकला प्लेन एयर…