शिवसताक्षी । झापाको शिवसताक्षीमा पाठ्यक्रम प्रबोधीकरण तथा विषयगत शिक्षक तालिम सञ्चालन भएको छ । नगरका सामुदायिक विद्यालयका शिक्षकहरुलाई शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यका साथ विषय विज्ञ सहजकर्ताद्वारा प्रबोधीकरण गराइएको हो । शिवसताक्षीको दुधेमा सञ्चालित तीन दिवसीय तालिमको आज समापन गरिएको शिवसताक्षी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । नगरका कक्षा ४ देखि १०…