पाथीभरा मन्दिर परिसरमा व्यवस्थित टहरा निर्माण

इलाम । इलाम रोङ गाउँपालिकामा अवस्थित पाथीभरा मन्दिर परिसरमा व्यवस्थित टहरा निर्माण गरिएको छ । रोङ गाउँपालिका र कोशी प्रदेश सरकारअन्तर्गत पर्यटन वन तथा वातावरण मन्त्रालयको समन्वयमा यहाँका टहरा व्यवस्थित गरिएको हो । टहरा व्यवस्थापनका लागि मन्त्रालयले रू ४० लाख, रोङ गाउँपालिकाले रू २० लाख र उपभोक्ताले रू छ लाख १२ हजार पाँच सय खर्च…