आँखाको नानीमा नेपाल आत्मनिर्भर छ : नेपाल आँखा बैंक

झापा । आँखा दान गर्नेको सङ्ख्या बढेसँगै आँखाको नानीमा नेपाल आत्मनिर्भर बनेको नेपाल आँखा बैंकले बताएको छ । आँखा दानप्रतिको बद्लिँदो सकारात्मक सोचका कारण दाताको सङ्ख्या बढ्दै गएको बैंकका व्यवस्थापक शङ्करनारायण न्वयनाले बताउनुभयो । आज यहाँ आयोजित ‘आँखादान तथा सामूहिक श्रद्धाञ्जलीसभा सम्बन्धी पत्रकार सम्मलेन’ मा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले भन्नुभयो, “बैंकमा आँखाको नानी सुरुको अवस्थामा विदेशबाट…