बैशाख १०, २०८२ बुधबार

सम्पादकीय : गर्भको पीर

जीवनको धेरै चहानामध्ये सन्तानको चहाना पृथक छ । सारा खुशीमध्येको खास खुशी पनि सन्तान नै हो । माया, प्रेम, विवाह र त्यसपछि सन्तानको चहाना जीवनको चक्रनै हो । तर, पछिल्ला वर्षहरु धेरै परिवारको चहानामा नमिठो दुर्घटना भइरहेको छ । खुशीमा बाधा आइपरेका छन् । सुन्दर जीवनमा सन्तानको चहाना अपुरो पनि भइरहेको छ । हरेक परिवारको प्राथमिकतामा पर्ने सन्तानको चहाना तुहि रहेको छ । यो समस्याले नेपाली समाज आक्रान्त छ । यस्ता समस्या बाहिर आउन सकिरहेको छैन । तर, पीडित परिवारहरु आज खुशी बचाउन हरपल प्रयास गरिरहेका छन् ।

गर्भ रहेको केहि महिनामै गर्भ खेह्र गइरहेको छ । धेरैलाई गर्भ रहेको समयमा थाहा भइरहेको हुन्न । एकैचोटी गर्भ तुहिएकोमा मात्र थाहा भइरहेको छ । सन्तानको चहाना योजनाका साथ हुन जरुरी छ । योजनाका साथ सन्तान हुने भए महिलाले स्वास्थ्य परीक्षणलाई विशेष ख्याल गर्नैपर्छ । आम महिलाहरु आज यसको शिकारबाट सुरक्षित हुन खोजिरहेका छन् । गर्भ तुहिने समस्या हिजो पनि थियो । त्यो समयमा बाहिर आउन सक्दैन थियो । तर, आज केहि मात्रामा घटनाहरु बाहिर आइरहेकै छन् ।

गर्भ सुरक्षाको पीर सबै महिलामा भएकाले यसको जोखिमबाट बँच्न महिलाहरुले समाज जनचेतना जगाउन जरुरी छ । एक पटक गर्भ तुहिए पछि दोस्रो पटक बच्चा जन्माउन चहाने सपना हुँदाहुँदै पनि धेरैको सपना अपुरो बनिरहेको छ । यसैले यसका बारेमा अध्ययन जरुरी छ । आप्mनो सपनाको सन्तानलाई सुरक्षित हुर्काउने भए तत्काल चिकित्सकसँग पुग्नैपर्छ । सामान्यतयः खानपान, उठबस, रहनसहन, वातावरण, महिलाको स्वास्थ्य लगायतका कारण गर्भ तुहिने समस्या आइपर्ने चिकित्सकको भनाई छ । अब सबैले सोहि अनुरुप आफ्नो पेटमा रहेको भ्रुण ( सन्तान) सुरक्षित राखौं ।

प्रकाशित मिति : माघ ११, २०७६ शनिबार  १० : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]