मुख्य समाचार

मध्य भोटेकोशीको आईपीओ बिक्री खुला

मध्य भोटेकोशीको आईपीओ बिक्री खुला


काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत कम्पनीले आज (बुधबार) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ।

कम्पनीले कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण शेयर बिक्रीमा ल्याएको हो। जसमध्ये ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४ प्रतिशत अथवा ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै शेयर बिक्री नभएमा भने कात्तिक ३ गतेसम्म खुला रहनेछ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

यसमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ। लगानीकर्ताले सि–आस्वा प्राप्त बैङ्क तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।

शेयर गर्नुहोस :

0
Shares