बिर्तामोड । बिर्तामोडमा रहेको हनुमान मन्दिरलाई बाजा सामग्री हस्तान्तरण गरिएको छ । बिर्तामोड नगरपालिका वडा नं. १ को कार्यालयले एक कार्यक्रमको आयोजना गरि बाजा सामग्री हस्तान्तरण गरेको हो ।

४३ हजार मुल्य बराबरको हार्मोनियम र ढोकल हनुमान नगरस्थित हनुमान मन्दिरलाई प्रदान गरिएको वडाध्यक्ष अग्नी पाण्डेले जानकारी दिए । उनका अनुसार भजन किर्तन गरेर दिनदैनिकी बिताउने ज्येष्ठ नागरिकका लागि उक्त सामग्री प्रदान गरिएको हो । बुधबार वडा कार्यालयमा आयोजित कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका प्रतिनिधिहरुलाई बाजा सामग्री हस्तान्तरण गरिएको छ । बाजा बुझेपछि मन्दिरका भजन मण्डलीले भजन किर्तन प्रस्तुत गरेका थिए ।







प्रतिक्रिया