काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरेर पार्टीको आठौं महाधिवेशन उद्घाटन समारोहमा निम्तो गरेका छन् । उनले शुभकामना दिन आग्रह गर्दै निम्तो गरेका हुन् ।
पूर्व निर्धारित पार्टीका विभिन्न कार्यक्रमको सिलसिलामा गृहजिल्ला झापा आएका ओलीले आफू आउन नसक्ने जवाफ दिएका छन् । प्रचण्डले ओलीलाई नेकपा विभाजनपछि पहिलो पटक टेलिफेन गरेका हुन् ।
ओलीले प्रचण्डलाई महाधिवेशनको शुभकामना दिँदै आफू आउन नसक्ने बताएको प्रचण्डको सचिवालयले जनाएको छ । एमालेको तर्फबाट महासचिव शंकर पोखरेलले माओवादी महाधिवेशनमा जाने बुझिएको छ ।







प्रतिक्रिया