आर्थिक

काँकडभिट्टाबाट ९८ करोडको अलैँची निर्यात

काँकडभिट्टाबाट ९८ करोडको अलैँची निर्यात


झापा – काँकडभिट्टा नाकाबाट गत असोज महिनामा रु ९८ करोड ८८ लाख ८४ हजार बराबरको अलैँची निर्यात भएको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार सो महिनामा पाँच लाख ४१ हजार ९४० केजी अलँैची भारत निर्यात भएको छ ।

उहाँका अनुसार रु ४९ करोड ५४ लाख ५२ हजार बराबरको १७ लाख १५ हजार ९३२ केजी चिया, रु ४४ करोड २३ लाख ४८ हजारको एक लाख १८ हजार ४४४ केजी प्लाइउड र रु आठ करोड ९५ लाख ५० हजारको १३ लाख १९ हजार १४० केजी अम्रिसो निर्यात भएको छ ।

अलैँची, चिया र प्लाइउड पूर्वी नेपालको झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा उत्पादन हुने निर्यातजन्य वस्तु हुन् ।

सोही महिनामा रु आठ करोड ९५ लाख ३६ हजार मूल्य बराबरको ४६ हजार ७४५ केजी छुर्पी (कुकुर बिरालोको खाना), रु २९ करोड ८४ लाख ६७ हजारको २० लाख ८० हजार ७६३ केजी फलामे पाता र रु चार करोड ८३ लाख १८ हजार बराबरको ४८ हजार ३१८ केजी सुकुटी (सुकाएको मासु) निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu