Banner news

आजदेखि ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमा छलफल हुँदै

आजदेखि ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमा छलफल हुँदै

काठमाडौँ, ११ पुस नेकपा(माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा आइतबार मन्तव्य व्यक्त गर्दै cWoIf k’iksdn bfxfn। तस्बिर ः प्रदीपराज वन्त, रासस

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको महाधिवेशनमा आजदेखि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु हुँदैछ । बन्द सत्रले प्रतिवेदनमाथि छलफल गर्न विभिन्न २५ वटा समूह बनाएको छ । काठमाण्डौको प्रज्ञा भवनमा हिजो अध्यक्ष प्रचण्डले वैचारिक तथा राजनीतिक दस्ताबेज प्रस्तुत गर्नुभएको थियो ।

अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि छलफलका लागि गठन भएका समूहले विभिन्न ठाउँमा बसेर छलफल गर्दैछन् । समूह एकमा ज्येष्ठ कम्युनिस्ट मञ्च रहेको छ । यो समूहलाई प्रज्ञा भवन सभाको मुख्य भागमा छलफलको ठाउँ तोकिएको छ ।

समूह दुई र तीनमा पार्टीका सल्लाहकार रहेका छन् । यी समूहलाई छलफलका लागि प्रज्ञा भवनको मुख्य मञ्चको दायाँ–बायाँ तोकिएको छ । समूह चार र पाँचमा प्रदेश नम्बर एकका प्रतिनिधि छन् । यी दुई वटा समूहलाई प्रज्ञा भवन भानुभक्त हलमा छलफलको ठाउँ तोकिएको छ ।

समूह छ र सातमा प्रदेश नम्बर दुईका प्रतिनिधिहरू सहभागी छन् । यी समूहले प्रज्ञा भवनको पारिजात हलमा छलफल गर्दैछन् । समूह आठ र नौमा लुम्बीनी प्रदेशका प्रतिनिधिले प्रज्ञा भवनको सिद्धिचरण हलमा छलफल गर्ने तय भएको छ ।

समूह १० र ११ मा गण्डकी प्रदेशका प्रतिनिधि समेटिएका छन् । यी समूहको छलफल गर्ने ठाउँ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा रहेको अध्यक्षमण्डलका अध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

समूह १२ मा प्रवास प्रदेशका प्रतिनिधि छन् । उनीहरुले पनि पार्टी कार्यालय पेरिसडाँडामा छलफल गर्नेछन् ।

समूह १३ र १४ मा रहेका कर्णाली प्रदेशका प्रतिनिधि तथा समूह १५ र १६ मा सुदूरपश्चिम प्रदेशका प्रतिनिधि समेटिएका छन् । उनीहरुले काठमाण्डौको एउटा पार्टी प्यालेसमा छलफल गर्दैछन् ।

समूह १७ र १८ मा सम्पूर्ण विभागका प्रतिनिधि अटाएका छन् । समूह १९ मा उपत्यका विशेष प्रदेशका प्रतिनिधि छन् । उनीहरुले बुद्धनगरमा छलफल गर्नेछन् । समूह २० र २१ मा सम्पर्क समन्वय प्रदेशका प्रतिनिधि छन् । उनीहरुको छलफलका लागि बिजुली बजारमा व्यवस्था गरिएको छ ।

समूह २२ र २३ मा वाग्मती प्रदेशका प्रतिनिधि छन् । समूह २४ मा आयोगका सदस्यहरू छन् । समूह २५ मा जनवर्गीय सङ्गठन र मोर्चाका इञ्चार्ज र अध्यक्षहरू, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधिहरू सहभागी छन् । उनीहरुले थापागाउँमा छलफल थाल्ने तयारी छ ।

आज दिनभर समूहगत छलफलमा केन्द्रित हुनेछ । भोलि बिहान ११ बजेदेखि समूहका प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको माओवादी केन्द्रले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares