झापा । फिनल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले २९ वर्षीय अमित थामीलाई पक्राउ गरेको हो ।
इलाम माईजोगमाई गाउँपालिका वडा नं. २ खोलागाउँ घर भई हाल जिल्ला काठमाडौं का.म.न.पा.वडा नं. ७ चावहिल बस्ने कर्ण बहादुर थामीको छोरा वर्ष २९ को अमित थामीले सेक्युरिटी गार्डको लागि फिनल्यान्ड पठाइदिने भनी भिषा प्रोसेसिङको लागि १ लाख ५० हजार रूपैयाँ अमित थामीको नामको सिभिल बैकको खाता नं. ०६३१०२६४६६४०१३ मा डिपोजिट गराउनू भनी पीडितसँग पटक–पटक भिषा, टिकट र होटल बुकिङको नाममा बैंक खातामा २१ लाख जम्मा गर्न लगाएको पाइएको छ ।

थामीले पैसा लिएपश्चात् मोबाइल अफ गरी सम्पर्कविहीन भएको र ठगीमा परेको आशंका लागि कागजातहरूको सम्बन्धमा एयरपोर्टमा गई चेकजाँच गराउदा सबै कागजातहरू नक्कली रहेको भन्ने जानकारी पाएपछि शम्भु घले समेत गरी ५ जनाको उजुरीलाई छानबिन गर्दा उनले ठगी गरेको प्रमाणित भएको हो ।
उनलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि काठमाडौं परिसर पठाइएको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए ।







प्रतिक्रिया