बिर्तामोड । झापामा सहाराविहीन बालबालिकाहरुलाई अल्पकालिन आश्रय दिने गरि अस्थायी आश्रयस्थल आवश्यकता र व्यवस्थापनको परिकल्पना गरिएको छ । त्यसका लागि सरोकारवालाहरुले प्रस्ताव सार्वजनिक गरेका छन् ।
सडकमा अलपत्र परेका र अभिभावकविहीन बालबालिकाहरुलाई आश्रयको आवश्यकता महसुस गरेर आश्रयस्थलको परिकल्पना गरिएको हो । बालबालिकाहरूलाई असुरक्षित हुन र बेसहारा बन्न नदिन यसको परिकल्पना गरिएको छ । असुरक्षित महसुस गर्दै आत्महत्या गर्ने अवस्थासम्म पुग्ने भएकाले त्यसको रोकथाम गरी उनीहरूलाई सुरक्षा र संरक्षण प्रदान गरि परिवार र समाजमा पुनःस्थापना गर्ने अभिप्रायले अस्थायी आश्रयस्थल स्थापना गर्ने परिकल्पना गरिएको त्रिदेव बहुमुखी क्याम्सको प्राध्यापक सावित्रा दाहालले बताइन् ।
जिल्ला प्रशासन कार्यलय झापामा भएको महिला बालबालिका विरुद्ध हुने अपराध नियन्त्रण ‘बालबालिकाको आत्महत्याबाट हुने मृत्यु, समस्या र समाधान, अस्थायी आश्रयस्थल स्थापना र सञ्चालन सम्बन्धी अवधारण–पत्र प्रस्तुत र छलफल कार्यक्रमम अस्थायी आश्रयस्थल (संरक्षण केन्द्र) आवश्यकता र व्यवस्थापनको लागि प्रस्थाव भएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी , जनप्रतिनिधी, प्रहरी अधिकारीहरु बिच भएको छलफलमा त्रिदेव बहुमुखी क्याम्पस चारआलीकी सह–प्राध्यापक साबित्रा दाहाल भट्टराईले बालबालिकाको आत्महत्याबाट हुने मृत्युः समस्या र समाधान र अधिवक्ता तथा समुन्नत नेपालकी संयोजक कोपिला बस्नेतले अस्थायी आश्रयस्थल (संरक्षण केन्द्र) ः आवश्यकता र व्यवस्थानपनको विषयमा कार्यपत्र प्रस्तुत गरिएका थिए ।
प्रतिवेदनमा बालक र बालिकाको लागि छुट्टा छुट्टै अस्थायी सुरक्षण केन्द्रको स्थापना गर्ने, मनोपरामर्शको सेवा उपलब्ध गराउने, बालबालिकालाई शारिरीक, मानसिक, भौतिक रुपमा यथास्थितीमा पूर्णस्थापित गर्ने, बालबालिकाहरुलाई अभिभाकत्वको अनुभूती गराउने, बालबालिकाहरुको कानून प्रद्त्त आधारभूत र सुरक्षा सम्वन्धी कानुनी व्यवस्थाको ग्यारेन्टी गर्ने, युवा अवस्थाका हरेक नागरिकले समाजमा स्वयमसेवकको रुपमा समय दिनुपर्ने लगायतका विषय वस्तु समेटिएको थियो ।
छलफलकै क्रममा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले पुरानो टिमाई शिवर भएको ठाउँमा १० कठ्ठा जग्गा उपलब्ध गराउने प्रतिवद्धाता जनाएका थिए । भुजेलको प्रतिवद्धतालाई स्वागत गर्दै अन्य पालिका प्रमुख तथा प्रतिनिधीहरुले आफ्नो तर्फवाट आवश्यक सहयोग रहने प्रतिवद्धा जनाएका छन् ।







प्रतिक्रिया