मुख्य समाचार

देशभरका अधिवेशन उद्घाटन गर्दै ओली : जिकस हुन एक कार्यकाल काम गरेको हुनुपर्ने

देशभरका अधिवेशन उद्घाटन गर्दै ओली : जिकस हुन एक कार्यकाल काम गरेको हुनुपर्ने

z’esfdgf ;Gb]z lbFb} g]skf -Pdfn]_ sf cWoIf cf]nL sf7df8f}F, @$ dªl;/ M g]kfnL sfFu|];sf] !$cf}F dxflwj]zg pb3f6g ;df/f]xnfO{ z’esfdgf ;Gb]z lbFb} g]skf -Pdfn]_ sf cWoIf s]kL zdf{ cf]nL . t:jL/ M /Tg >]i7÷/f;;

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज (शुक्रबार) देशका ७७ वटै जिल्लामा जिल्ला अधिवेशन गर्दैछ । एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे भर्चुअल माध्यमबाट सबै जिल्लाका अधिवेशन एकसाथ उद्घाटन गर्ने कार्यक्रम छ ।

एमाले केन्द्रीय कार्यालयको एक्सन रुमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिएका छन् । गत मंसिरमा १०औं महाधिवेशन गरेको एमालेले आज देशभर एकसाथ जिल्ला अधिवेशन गर्न लागेको हो। यस्तै प्रदेश अधिवेशन भने आगामी माघ ८ गर्ने तयारी एमालेले गरेको छ ।

यसैबीच एमाले संगठन विभागले जिल्ला नेतृत्व सम्बन्धमा मापदण्ड बनाई ७७ वटै जिल्लामा परिपत्र गरेको छ । मापदण्डअनुसार पदाधिकारी हुन दुई कार्यकाल जिल्ला कमिटीमा काम गरिसकेको वा एक कार्यकाल सचिवालयमा सदस्य भई काम गरिसकेको हुनुपर्नेछ ।
त्यस्तै जिल्ला सदस्य हुन जिल्ला कमिटी, जिल्ला विभाग वा एक तहमुनिको कमिटीमा कम्तीमा एक कार्यकाल बिताएको हुनुपर्नेछ ।

त्यस्तै एकता एकीकरणबाट पार्टीमा समाहित भएकाको हकमा भने विधानको धारा ६३ (११) अनुसार हुने एमालेले जारी गरेको सर्कुलरमा उल्लेख छ । जिल्ला अधिवेशनबाट एमालेको नयाँ जिल्ला कमिटी चयन हुनेछ । नयाँ नेतृत्व चयनका लागि सहमतिकै पहल हुने जनाइएको छ ।

शेयर गर्नुहोस :

0
Shares