मुख्य समाचार

हुम्लामा वर्षकै ठूलो हिमपात, तापक्रम माइनस १२ भन्दा तल

हुम्लामा वर्षकै ठूलो हिमपात, तापक्रम माइनस १२ भन्दा तल

dgfªdf lg/Gt/ &@ 3G6] lxdkft dgfª, !$ k’; M dgfª lhNnfsf] ;a} ufpFkflnsfdf &@ 3G6]b]lv ef/L lxdkft . lxdkft sf/0f ;jf/L cfjudg 7Kk ePsf] 5 eg] tfkqmd dfO{g; aL; k’u]kl5 hghLjgdf emgemg si6s/ x’Fb} uPsf] 5 . t:jL/ M gjLg nfld5fg]÷/f;;

हुम्ला । शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ ।  एक फिट जमेको हिउँले गर्दा स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । यहाँको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्यधिक बढेको छ ।

हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल लामाले जानकारी दिए । उनले भने “यस वर्षकै ठूलो हिमपात भयो ।  घरभन्दा बाहिर निस्कन सकिएको छैन । चिसोले खानेपानीका धारा तथा खोलाका पानी समेत जमेका छन् ।” अत्यधिक चिसो र हिमपात भइरहेका कारण सिमकोट सुनसान भएका  छन् ।

निरन्तर हिउँसँगैको अत्यधिक चिसोले सिमकोट आसपासको जनजीवन प्रभावित बनाएको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए । हिमपातले अहिलेसम्म घटना नघटेको पनि जनाइएको छ ।

शेयर गर्नुहोस :

0
Shares