Banner news

एमालेको आन्दोलनको चेतावनीले हच्कियो गठबन्धन

एमालेको आन्दोलनको चेतावनीले हच्कियो गठबन्धन

sf7df8f}F, !$ ebf}M ;Qf u7aGwg a}7s k|wfgdGqL lgjf; afn’jf6f/df ;f]daf/ a;]sf] ;Qf u7aGwg a}7s . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं -एमालेले स्थानीय तहको निर्वाचन तत्काल गर्नुपर्ने माग गर्दै देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिएपछि सत्ता गठबन्धन हच्किएको छ ।

स्थनीय तहको चुनाव निर्धारित समयमा नगरेर पछि धकेल्ने निर्णयका लागि बोलाइएको गठबन्धन बैठकमा काँग्रेस र अरु पार्टीको मत बाझिएको छ । काँग्रेसले निर्धारित समयमा नै स्थानीय चुनवा नगरे आम जनतामा राम्रो सन्देश नजाने भएकोले जसरी पनि निर्वाचन गराउनु पर्ने तर्क अघि सारेको छ । यसैगरी समयमा निर्वाचन नगर्ने कुराको सुईंको पाएपछि एमालेले देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएकोले त्यसलाई थेग्न मुस्किल हुने बैठकमा सहभागी काँग्रेसका एक नेताले तर्क राखेका थिए ।

यता प्रचण्ड र माधव नेपालचाँही संविधान र कानुनीको खोट देखाएर भए पनि निर्वाचन सार्ने प्रयासमा अनवरत लागेका छन् । तर प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा जसरी पनि निर्धारित समयमा नै चुनाव गराउने अडानतिर अघि बढेपछि उनीहरु पनि त्यो प्रस्तावमा छलफल गर्ने तहमा पुगेको बालुवाटार स्रोतले जनाएको छ । स्रोतका अनुसार देशको सबभन्दा ठूलो पार्टीले आवधिक निर्वाचनको माग गर्दै आन्दोलनमा जाँदा त्यसको नकारात्मक असर काँग्रेसलाई पर्ने भएकोले जसरी पनि निर्वाचन गर्नुपर्छ भन्ने मत बलियो हुँदै गएको छ ।

आज बिवहानको गठबन्धन बैठकले समय मै स्थानीय तहको निर्वाचनको वातावरण बनाएको तर समय र अन्य बिषयमा थप छलफल गरेर आजै साँझ अर्को बैठकको आयोजना गरिएको काँग्रेसका एक नेताले जानकारी दिएका छन् । यता निर्वाचन हुँदा आफ्नो पार्टीको स्थिती के हुने भन्ने बारे प्रचण्ड र नेपालले आज दिउसो पार्टीका केही नेताहरुसँग अनौपचारिक छलफल गर्ने पनि बुझिएको छ ।

शेयर गर्नुहोस :

0
Shares