मुख्य समाचार

महाअभियोगपछि एमाले सक्रिय : सचिवालय र संसदीय दलको बैठक बोलाइयो

महाअभियोगपछि एमाले सक्रिय : सचिवालय र संसदीय दलको बैठक बोलाइयो


काठमाडौं–  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएपछि एमालेले रणनीतिक छलफल सुरु गरेको छ ।

प्रमुख विपक्षी दल नेकपा (एमाले)ले केन्द्रीय सचिवालय र संसदीय दलको बैठक बोलाएको छ । आज साँझ ६ बजे गठ्ठाघरस्थित जर्मन पार्टी प्यालेसमा केन्द्रीय सचिवालय बैठक बोलाइएको छ ।

यसैगरी भोलि सोमबार बिहान ११ बजे संसद् भवन बानेश्वरको ल्होत्से हलमा संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

शेयर गर्नुहोस :

0
Shares