मुख्य समाचार

एमालेले विरोध जारी राख्ने , कार्यव्यवस्था बहिष्कार

एमालेले विरोध जारी राख्ने , कार्यव्यवस्था बहिष्कार


काठमाडौं– नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने भएको छ ।

बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विरोध यथावत् रहने नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

एमालेले कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि सहभागी नहुने जनाएको छ ।

पार्टीले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुख सापकोटाले सदर नगरेपछि एमालेले उनको राजीनामा माग्दै आएको छ । एमालेले आफ्ना माग सम्बोधन गर्न माग गर्दै प्रतिनिधि सभाको बैठकमा पनि विरोध जनाउँदै आएको छ ।

शेयर गर्नुहोस :

0
Shares