मुख्य समाचार

एमसीसीलाई गिजोलेर भूराजनीतिक द्वन्द्वमा लगियो : ओली

एमसीसीलाई गिजोलेर भूराजनीतिक द्वन्द्वमा लगियो : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनले एमसीसीलाई गिजोलेर भूराजनीतिक द्वन्द्वमा मुलुकलाई धकेलेको बताएका छन् ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसद्मा समयमै नल्याउँदा अहिलेको अवस्था बनेको र देश विदेशी शक्तिहरूको क्रिडास्थल भएको बताएका छन् । सरकारले संसदमा एमसीसी टेबल गरेपछि सिंहदरवारस्थित संसदीय दलको बैठकमा पार्टीका करीब तीन दर्जन सांसदहरुसँग छलफलका क्रममा अध्यक्ष ओलीले एमसीसीलाई विगतमा आफूविरुद्धको हतियार बनाउनेहरुले अहिले मुलुकलाई विदेशीको क्रिडास्थल बनाउन खोजेको बताएका छन् ।

अध्यक्ष ओलीले भने, ‘यी गठबन्धनकारीले एमसीसी अनुमोदनका लागि पेश गरेका होइनन्, जनताबीच भिडन्त गराउने र सडकमा आगो बाल्नका लागि अहिले ल्याइएको हो । यसमा एमालेको कुनै भूमिका रहदैन । सभामुखका कारण हामी संसदीय प्रक्रियामा छैनौं, प्रक्रियामा भाग लिन पायौं भने त्यहीबेला हाम्रो पोजिशन प्रष्ट हुन्छ ।’

ढिला गरेका कारण अमेरिका र चीन बोल्नु पर्ने अवस्था बनेको उनको भनाइ थियो । छलफलमा सहभागी एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अध्यक्ष ओलीलाई उदृत गर्दै भन्नुभयो, ‘पहिला नै निर्णय गरेको भए अहिलेको अवस्था आउने थिएन ।’ भट्टराईका अनुसार पछिल्लो परिस्थितबारे सांसदहरुले ओलीलाई जानकारी गराएका थिए । अध्यक्ष ओलीले परमादेशीलाई जनादेशले विस्थापित नगर्दासम्म मुलुक यस्तै संकटमा फस्ने बताए ।

अहिले चीन र अमेरिका प्रत्यक्ष भनाबैरीमा उत्रिएपछि सरकारले एमसीसी संसदमा लगेको ओलीको टिप्पणी थियो ।

शेयर गर्नुहोस :

0
Shares