Banner news

एमसीसी बारे छलफल गर्न ११ बजे संसद बैठक

एमसीसी बारे छलफल गर्न ११ बजे संसद बैठक


काठमाडौ -अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदमा पेश गर्न आज प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुने संसद सचिवायलयले जनाएको छ ।

संसद् सचिवालयले जारी गरेको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेस हुने उल्लेख छ ।
प्रतिनिधिसभाको बैठक अघि, बिहान ११ बजे बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ ।

गएको आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरिएको थियो ।

शेयर गर्नुहोस :

0
Shares