Banner news

आगलागीबाट दोमुखाका चार होटल र एउटा युवा क्लबको भवनमा क्षति

आगलागीबाट दोमुखाका चार होटल र एउटा युवा क्लबको भवनमा क्षति


झापा– झापाको पर्यकटीय क्षेत्र दोमुखामा भीषण आगलागी भएको छ । बिहीबार राति एक बजेतिर सुरु भएको आगलागीबाट दोमुखामा रहेका चार होटल र एउटा युवा क्लबको भवन जलेको छ ।

शिवसताक्षी न।पा। १० स्थित दोमुखामा सञ्चालितल डम्बर मगर, किशोर लिम्बु, जयपलिया, हरि भण्डारीको होटल र एउटा युवा क्लबको भवनमा आगलागी भएको हो । दुई वटा दमकलको सहायताबाट आगलागी नियन्त्रणमा आएको बताइएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

शेयर गर्नुहोस :

0
Shares