Banner news

‘व्याख्यात्मक घोषणा’ जनता झुक्काउने काम : ओली

‘व्याख्यात्मक घोषणा’ जनता झुक्काउने काम : ओली

z’esfdgf ;Gb]z lbFb} g]skf -Pdfn]_ sf cWoIf cf]nL sf7df8f}F, @$ dªl;/ M g]kfnL sfFu|];sf] !$cf}F dxflwj]zg pb3f6g ;df/f]xnfO{ z’esfdgf ;Gb]z lbFb} g]skf -Pdfn]_ sf cWoIf s]kL zdf{ cf]nL . t:jL/ M /Tg >]i7÷/f;;

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदबाट एमसीसी प्रस्ताव पास हुँदै गर्दा ‘एमसीसीको व्याख्यात्मक घोषणा’ हुनु भनेको नेपाली जनता झुक्याउने काम मात्रै भएको बताएका छन् ।

मिलिनियम च्यालेन्ज कर्पोरेसनले सम्झौतामा उल्लेख भए बाहेकका कुनै पनि विषयले मान्यता नपाउने प्रष्ट पारिसकेकाले यस्ता व्याख्यात्मक घोषणा जनता झुक्याउने काम मात्रै भएको उनको भनाइ छ ।

यद्यपि, यही घोषणालाई समातेर नेतृत्वमा रहेकाहरूलाई समात्न सकिने बाटो भने बनेको उनले बताए । एमालेद्वारा आयोजित पत्रकार सम्मेलनमा नेता ओलीले एमसीसी विरुद्घ सडकमा कार्यकर्ता उत्रार्ने दलहरुले नै एमसीसी पास गरेर आफ्नो ठगी धन्दाको पुष्टि गरेको बताएका छन् ।

आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले निलम्बनको भएको सूचना टाँस नगरेकोमा सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अध्यक्ष ओलीले बताएका छन् ।

अध्यक्ष ओलीले सभामुखले राजीनामा नदिए महाअभियोग ल्याउने चेतावनी दिएका छन् । उनले आफ्नो पार्टी देशमा राजनीतिक अस्थिरता ल्याउने पक्षमा नरहेको भन्दै सभामुखलाई राजीनामा दिन आग्रह गरेका छन् ।

शेयर गर्नुहोस :

0
Shares