दमक । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको काम एमालेले मात्र गर्न सक्ने बताउनुभएको छ । झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका उहाँले आज कमल गाउँपालिका–६ खयरबारीस्थित रतुवा नदीका १९ ठाउँमा निर्माण हुने तटबन्धको एकैसाथ शिलान्यास गर्नुहँुदै विकास र समृद्धिको लक्ष्यमा पु¥याउन एमाले दृढसङ्कल्पित भएको बताउनुभयो ।
रतुवा नदीबाट बर्सेनि ठूलो जनधनको क्षति व्यहोर्नुभएका कमलवासीलाई अब बाढी, कटानको चिन्ता कहिल्यै नआउने भन्दै उहाँले भन्नुभयो, “रतुवा नदीलाई व्यवस्थित तटबन्ध गर्ने काम सुरु भएको छ, यो समयमै सम्पन्न हुनेछ ।” करिब १२ किलोमिटर लामो निर्माण हुने उक्त तटबन्ध कार्यको शिलान्यासका क्रममा उहाँले नदी तटबन्ध, सडक, पुलपुलेसा, स्कुलजस्ता अनेकौँ विकासका काम आफ्नो सरकारले प्रशस्तै काम गरेको दाबी गर्नुभयो ।
रतुवा, मावा नदीमा पुल नहुँदा आफू कयौँपटक पौडी खेलेर तरेको स्मरण गर्दै उहाँले अहिले पुल निर्माण भए पनि नदीमा तटबन्ध नहुँदा समस्या हुँदै आएको र अब त्यस्तो समस्या नआउने बताउनुभयो ।







प्रतिक्रिया