बिर्तामोड

प्रलेस झापाको अध्यक्षमा अधिकारी

प्रलेस झापाको अध्यक्षमा अधिकारी


बिर्तामोड । प्रगतिशील लेखक संघ झापाको दसौं जिल्ला सम्मेलन विर्तामोडमा सम्पन्न भएको छ । सम्मेलनले लीलाप्रसाद अधिकारीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

समितिको उपाध्यक्ष आरती पोखरेल, सचिव विन्दु दाहाल, सहसचिव ज्ञानेन्द्र ढुङ्गाना, कोषाध्यक्ष मायामितु नेउपाने रहेका छन् । यस्तै, सदस्यहरूमा वीरेन्द्र खड्का, मिना अधिकारी, तोयानाथ काफ्ले र दिलिप घिमिरे चयन भएका छन् भने चार जना पछि नयाँ कार्य समितिले मनोनित गर्नेछ ।

प्रलेसका जिल्ला अध्यक्ष राजेन्द्र सङ्ग्रौलाको अध्यक्षतामा तथा प्रदेश अध्यक्ष डा. देवी दुलालको प्रमुख आतिथ्य सम्पन्न कार्यक्रममा प्रलेसका पूर्व अध्यक्ष भवानी क्षेत्री, पुण्यप्रसाद खरेल, राजेन्द्र सर्वहारा, कमल गुरागाईं, तीला लेकाली आदिले शुभकामना व्यक्त गरका थिए ।
सचिव लीलाप्रसाद अधिकारीले संचालनमा गरेको कार्यक्रममा मेची क्याम्पसका उपप्राध्यापक पुण्य खरेल तथा सुमित्रा वाङ्देल चेलीलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य आरती पोखरेलले गरेकी थिइन् ।

कार्यक्रममा देवीभक्त श्रेष्ठ, सहप्राध्यापक होम सुवेदी, हरिनारायण भट्टराई, एनवी दाहाल नवीन, विरही अधिकारी, तुलसीप्रसाद भट्टराई, नरपति पाण्डे, भगवती ढुङ्गेल, देवीचरण भण्डारी, डिल्लीराम परदेशी, दुर्गाप्रसाद सिग्देल, उपेन्द्र आचार्य लगायत स्रष्टाको उपस्थिति रहेको थियो ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu