बिर्तामोड । नेपाल अंग्रेजी भाषा शिक्षकहरुको संगठन नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसिएसन नेल्टा झापाका अध्यक्ष धर्मेन्द्र भट्टराई नेल्टाको केन्द्रीय समिति सदस्यमा मनोनित भएका छन् ।
पच्चिस वर्ष पहिले स्थापना भएको नेल्टामा मेची अञ्चलबाट केन्द्रीय सदस्य हुने भट्टराई पहिलो ब्यक्ति हुन् । अंग्रेजी भाषा शिक्षकहरूको पेशागत विकास , तालिम, गोष्ठी सेमिनार र अन्य अध्ययन सामग्री संचालन तथा प्रकाशनको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । झापामा बिगत छ बर्षअघि भट्टराई लगायतको पहलमा नेल्टाको स्थापना गरिएको थियो ।
यस अबधिमा झापा जिल्लामा बिभिन्न किसिमका तालिम , गोष्ठी र सेमिनार , प्रबिधिको संचालन गरी दुई हजारभन्दा बढी शिक्षकहरूलाई पेशागत विकासको अवसर प्रदान गरिसकेको छ । शिक्षा र शिक्षकको गुणस्तर बृद्धिका लागि अहम भुमिका निर्वाह गरेका भट्टराईले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो बौद्धिक क्षमता प्रस्तुत गरेका छन् । हाल उनी ब्रिटीस काउन्सिल नेपालको राष्ट्रिय प्रशिक्षकको रुपमा कार्यरत छन् ।







प्रतिक्रिया