बिर्तामोड

कृषकलाई मौरीसहित प्राविधिक सामग्री

कृषकलाई मौरीसहित प्राविधिक सामग्री


बिर्तामोड । बिर्तामोड नगरपालिकाले विभिन्न वडाका ९ जना मौरी पालक कृषकलाई मौरीसहितको घार र प्राविधिक सामग्री वितरण गरेको छ ।

बिर्तामोड १० मा आयोजित व्यवसायिक मौरी विकास तालिमको समापन कार्यक्रमका विच नगर उपप्रमुख पवित्रा महातारा प्रसाईले सहभागीहरुलाई प्रमाणपत्रसहित आधार चाका, धुवादानी, टोपी, व्रस, महदानी लगायतका सामग्री सहित मौरीका घार हस्तान्तरण गरेकी छन् । नगरपालिकाको ७० प्रतिशन अनुदान र कृषकको ३० प्रतिशत लगानिमा मौरीसहितको घार वितरण गरिएको नगरको कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले जानकारी दिए ।

बिर्तामोड नगरपालिकाको सहयोगमा मौरी श्रोतकेन्द्र स्थापना केन्द्र निर्माणका लागि निरम कृषि फर्मले ३ दिने तालिमको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै नगर उपप्रमुख प्रसाईले मौरीपालनमा थप व्यवसायिक बन्न र उत्पादन बढाउन सहभागी प्रशिक्षार्थीहरुलाई आग्रह गरिन् । तालिममा सिताराम ढकालले प्रशिक्षण प्रदान गरेका थिए ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu