बिर्तामोड । सुख्खा मौसम र हावाहुरी चल्ने हुनाले चैत, वैशाख र जेठमा आगलागी हुनसक्ने भन्दै प्रहरीले सचेतना अपनाउन आग्रह गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले ११ बुँदे सूचना जारी गर्दैै सचेतना अपनाउन र आगो लागि हालेमा प्रहरी कन्ट्रोल– १०० र दमकल सेवाको नम्बर–१०१ मा खबर गर्न आग्रह गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जनस्तरबाट सचेतना अपनाएर सहयोग गरेमा क्षती कम गर्न सकिने बताए । उनले भने–‘आगलागी हुन नदिन जनस्तरबाट नै सहयोगको अपेक्षा गरेका छौं ।’
काठमाडौं प्रहरीले आगो उत्पन्न हुने वस्तुहरु बालबालिकाबाट टाढा राख्न आग्रह गरेको छ । त्यस्तै, विद्युत्तजन्य सामग्री हिटर, गिजर, पङ्खा र आइरन काम सकिएपछि बन्द गर्न अपील गरेको छ । ‘पावर सकेटबाट धेरै पावर चाहिने उपकरणहरु प्रयोग नगरौं’ काठमाडौं प्रहरीले भनेको छ– ‘घरमा फायर एक्टिङ्गग्युसर राखेर त्यसको प्रयोग गर्ने तरिका परिवारका सदस्यहरुलाई सिकाऔँ ।’







प्रतिक्रिया