Banner news

गौरीगञ्जबाट ३१ बोरा अवैध चिनी बरामद, घरधनी गुपचुप

गौरीगञ्जबाट ३१ बोरा अवैध चिनी बरामद, घरधनी गुपचुप


बिर्तामोड । झापाको गौरीगञ्जबाट प्रहरीले ३१ बोरा अवैध चिनी बरामद गरेको छ । बरामद गरिएको चिनी आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।

गौरीगञ्जको वडा नं. ५ स्थित फत्तेपुर जनता टोलको एक घरको ग्वालीमा लुकाई राखेको चिनी आज गौरीगञ्ज प्रहरीले बरामद गरेको हो । कसको घरमा चिनी बरामद गरिएको भन्ने बारे गौरीगञ्ज प्रहरीले सार्वजनिक गरेको छैन । चिनी भारतीय बजारबाट भन्सार छलेर भित्राइएको प्रहरीको भनाई छ ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu