बिर्तामोड । प्रहरीले झापामा निर्वाध आयात भइरहेको रजनीगन्धा धेरै समयपछि बरामद गरेको छ । प्रहरीले भारतबाट नेपाल ल्याउँदै गरेको रजनीगन्धा बरामद गरेको हो । मंगलबार राति ८ बजे प्रहरीले मेचीनगर–६ गैरीगाउँबाट एक लाख बराबरको ५० बण्डल रजनीगन्धा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले रजनीगन्धा बरामद गरेको झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले बताए । यस्तै, प्रहरीले मेचीनगर–६ बाटै नेपालबाट भारततर्फ अवैध रुपमा लैजाँदै गरेको १२० किलो सुपारी बरामद गरेको छ । बरामद सामान भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको छ ।
रजनीगन्धा भारतबाट अवैध रुपमा नेपाल आउने गरेको छ । झापामा अवैध ढंगबाट ठुलो परिमाणमा रजनीगन्धा आयात गरि व्यापार गर्ने गरेको पाइन्छ । झापासहित विभिन्न सिमावर्ती नाकाबाट नेपाल भित्राएर अन्य शहरसम्म निर्यात भइरहेको पाइन्छ ।







प्रतिक्रिया