Banner news

एक्सनमा उत्रिएका बालेनले भने-मैले के बिराएँ ?

एक्सनमा उत्रिएका बालेनले भने-मैले के बिराएँ ?


काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूले कानुनअनुसार नै काम गरेकाे बताउनुभएकाे छ । 

आज बिहीवार दिउँसाे नयाँ बानेश्वरमा रहेकाे अल्फा बिटा कम्प्लेक्सकाे अवैध संरचनामा डाेजर चलाएपछि मेयर साहले यस्ताे बताउनुभएकाे हाे । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ।’

यस्तै उहाँले आफैँले बुझेर अवैध संरचना हटाउन आग्रह गर्दै नक्सा जसरी पास भएको छ, त्यहीअनुसार संरचना बनाउन पनि आग्रह गर्नुभएकाे छ । 

शेयर गर्नुहोस :

0
Shares