बाह्रदशी । बाह्रदशी गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत चित्र प्रसाद गुरागाईलाई विदाई गरेको छ । शुक्रवार फेरि भेटौला कार्यक्रमका बिच गुरागाँईलाई विदाई गरेको हो । गुरागाईको उदयपुरस्थित चौदण्डीगढी नगरपालिकामा सरुवा भएको छ ।
बाह्रदशीमा दुई वर्ष सेवा गरेका गुरागाँईलाई सम्मानपत्र सहित विदाई गरिएको हो । गाउँपालिकाका अध्यक्ष देवेन्द्र प्रसाद चम्लागाई, उपाध्यक्ष शान्ता देवी शिवाकोटी , नयाँ प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा र अन्य जनप्रतिनिधि र कर्मचारीहरुले विदाई गरेका हुन् । गुरागाँईले दुई वर्षको अन्तरालमा गाउँपालिकाभित्र जनप्रतिनिधि र कर्मचारीबिच मैत्रीभाव सम्बन्ध स्थापित गरेर जनसेवा गरेको चर्चा गरिएको थियो । उनको कार्यकालमा बाह्रदशीले विकासमा गति पाएको स्मरण समेत गरिएको छ ।

शालिक प्रशासकका रुपमा परिचित गुरागाईले आफुले सकेको सेवा गरेको स्पष्ट पारेका छन् । उनले संक्षिप्त भनाई राख्दै कुनै पनि क्षेत्रमा शतप्रतिशत नतिजा दिन नसकिने बताएका छन् । फेरि भेटौला कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष मित्रराज भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सोही कार्यक्रमसँगै गाउँपालिकाले ०७९-८० को वार्षिक नीति, बजेट ,योजना तथा कार्यक्रम पुस्तिकाको सार्वजनिकिकरण गरेको छ । गाउँपालिका अध्यक्ष चम्लागाईले पुस्तिका सार्वजनिक गरेका हुन् । यस्तै, स्वास्थ्य सेवा तर्फ नियुक्ति पाएका कर्मचारी, सशस्त्र प्रहरी र जनपथ प्रहरीका प्रमुखहरुलाई समेत स्वागत सम्मान गरिएको थियो । फेरि भेटौला कार्यक्रममको सञ्चालन योजना शाखाका प्रमुख तेजप्रसाद रेग्मीले गरेका थिए भने स्वागत उपाध्यक्ष शिवाकोटी गरेकी थिइन् ।
बाह्रदशी गाउँपालिकाले नवनिर्वाचित जनप्रतिनिधि पाएपछि स्वास्थ्य क्षेत्रलाई विशेष चासोका साथ हेरेको जनाएको छ ।










प्रतिक्रिया