Banner news

एमालेसँग डराएर कांग्रेस-माओवादीले गठबन्धन गरे : नेता खरेल

एमालेसँग डराएर कांग्रेस-माओवादीले गठबन्धन गरे : नेता खरेल


बिर्तामोड । नेकपा एमालेका नेता अग्नि खरेलले निर्वाचनमा एक्लै प्रतिष्पर्धा गर्ने तागत नभएकाहरुले गठबन्धन गरेको बताएका छन् । एमालेसँग एक्लाएक्लै लढ्न सक्ने तागत नभएपछि गठबन्धनको सहारा लिएको उनको भनाई छ ।

इजलाससित कुरा गर्दै एमालेका स्थायी कमिटी सदस्य खरेलले गठबन्धन सरकार संविधान, कानुन बमोजिम भन्दा विपरित ढंगले अघि बढेको बताएका छन् । उनले गठबन्धनका नेता शेरबहादुर देउवालाई प्रचण्ड र माधन नेपालको भारी बोक्नैपर्ने बाध्यता भएको प्रतिक्रिया दिए । नेता खरेलले भने, प्रचण्ड जी र माधव जीको भारी नबोक्ने हो भने कांग्रेसलाई पनि गाह्रो छ । कांग्रेस आफ्नो सुरक्षाका लागि गठबन्धनको भारी बोकिरहेको नेता खरेलको ेभनाई छ ।

झापा क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको उम्मेद्वार बन्ने तयारी गरेका खरेलले एमालेले जनताको मन जितेका कारण गठबन्धनलाई सहजै पराजय गरेर जाने बताए । उनले एमाले सरकारको पालामा भएका जनताले मज्जाले बुझेको भन्दै देश बनाउने पार्टी एमालेलाई विजयी गराउने विश्वास व्यक्त गरे ।

जनताको विश्वास नभएका दलहरु गठबन्धनमा लागेको धारणा राख्दै एमाले झापाका इञ्चार्ज खरेलले जिल्लामा एमालेले शतप्रतिशत सिट जित्ने बताए । झापामा गठबन्धनको कुनै अर्थ छैन, उनले भने – जनताले गठबन्धन जनता झुक्याउने खेल भन्ने कुरा मज्जाले बुझ्नु भएको छ ।

राष्ट्र र राष्ट्रियताप्रति एमालेको अडान र संमृद्ध राष्ट्र निर्माणमा एमालेले खेलेको भूमिकाको मुल्याङकन गर्दै एमालेलाई जनताले विजयी गराउने बताएका छन् ।

शेयर गर्नुहोस :

0
Shares