बिर्तामोड । बिर्तामोडको मेयर र उपमेयर हराए भन्दै सामाजिक सन्जाल फेसबुकमा गलत भ्रम फैलाउने एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गलत भ्रम फैलाउने बिर्तामोड – ४ का २२ वर्षीय राजु बिमलीलाई बिर्तामोड प्रहरीले नियन्त्रणमा लिएको डिएसपी रुगम बहादुर कुवरले जानकारी दिए । उनका अनुसार बिमलीलाई आज दिउसो घरबाटै नियन्त्रणमा लिईएको हो । आवश्यक कारबाहीका लागि बिमलीलाई इप्रका अनारमनीमा राखिएको छ ।
शनिवार राती मेयर पबित्रा महतारा र उपप्रमुख नगेन्द्र प्रसाद सङ्रौलाको तस्वीर राखेर बिमलीले मेयर उपमेयर हराएको सूचना भन्दै पोस्ट गरेका थिए । दमकमा आइटी अध्ययन गर्दै आएका उनले सामाजिक सन्जाल मार्फत गलत सूचना फैलाएका थिए ।







प्रतिक्रिया