बिर्तामोड । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ इञ्चार्ज देवराज घिमिरेले झापाका जनता नेकपा एमालेको पक्षमा रहेको बताएका छन् ।
झापा क्षेत्र नम्बर –२ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार समेत रहेका घिमिरेले जतिसुकै चुनौति खडा भए पनि झापाका सबै क्षेत्रका जनता सूर्य चिन्हको पक्षमा रहेकोले नेकपा एमालेको विजय सुनिश्चित रहेको बताए ।
चुनावी अभियानका क्रममा कार्यकर्ता तथा मतदाता समक्ष भेटघाट गर्दै आएका उम्मेदवार घिमिरेले एमालेको विरुद्वमा देशी, विदेशी शक्तिहरु लागेको भए पनि यसले कुनै असर नगर्ने बताएका छन् ।

सम्भव भएसम्म सबै दलहरु गठबन्धनमा रहेको, स्वतन्त्रताका नाममा जनतालाई विभिन्न भ्रम सृजना गर्दै उम्मेद्वार खडा गरिएको भए पनि जनताले यसलाई मंसीर ४ गते चिर्ने घिमिरेले बताए । राष्ट्र बनाउन, जनताको जीवनलाई उन्नत बनाउन, न्यायपुर्ण समाज निर्माण गर्न, प्रशासनलाई स्वस्थ र पारदर्शी बनाउन, बेरोजगारी अन्त्य गर्न, राष्ट्रिय उत्पादकत्व वृद्वि गर्नका लागि नेकपा एमालेको स्थिर सरकार आवश्यक रहेको उनको भनाई छ ।
इमान्दार, कर्तव्यनिष्ठ, सक्षम र अव्वल नेताको रुपमा पहिचान बनाउनु भएका उम्मेदवार घिमिरेको जीत सुनिश्चित रहेको क्षेत्र नम्बर २ का मतदाताहरु बताउँछन् । नेकपा एमाले पार्टी परित्याग गरि गठवन्धनबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका हरिकुमार राना घिमिरेको प्रतिस्पर्धी हुन् । राना घिमिरे भन्दा कमजोर उम्मेदवारका रुपमा रहेको एमालेले जनाएको छ ।







प्रतिक्रिया