बिर्तामोड । झापा बिर्तामोडमा रहेको मनमोहन सामुदायिक अस्पतालमा एक पुरुषको पिसाब थैलीबाट करिब ढुंगा बन्न लागिसकेको कण्डम निकालिएको छ ।
३५ बर्षीय पुरुषको पिसाब थैलीबाट शल्यक्रिया गरेर कण्डम निकालिएको अस्पतालका निर्देशक रोमणी भट्टराईले जानकारी दिए । ती पुरुषको बिहीबार शल्यक्रिया गरिएको थियो । उनको शल्यक्रिया मुत्ररोग विशेषज्ञ डा. सरोजकुमार यादवले गरेका हुन् ।

तर त्यो कण्डम पुरुषको पिसाब थैलीमा कसरी पुग्यो भन्ने कुराले अचम्ममा पारेको डा. यादवको भनाई छ । ती पुरुष अहिले शल्यक्रिया गरेर स्वास्थ्य लाभ गरिरहकाले सोधपुछ नगरिएको अस्पताल प्रशासनले जनाएको छ ।







प्रतिक्रिया