मुख्य समाचार

मानव निर्मित गुफा भेटिए

मानव निर्मित गुफा भेटिए

u’kmf e]l6P dfGd, !& k’; M sfnLsf]6 lhNnfsf] g/xl/gfy ufpFkflnsf–( nfn’sf] sfF8fsf]6df dfgj lgld{t u’kmf e]l6Psf 5g . ljutdf /fhfsf] b/af/ /x]sf] If]qdf b’O{ j6f dfgj lgld{t u’kmf e]l6Psf x’g . tl:a/ M lddaxfb’/ /fjn÷/f;;

मान्म । कालीकोटको नरहरिनाथ गाउँपालिका–९ लालुको काँडाकोटमा मानव निर्मित गुफा भेटिएका छन् । विगतमा राजाको दरबार रहेको क्षेत्रमा दुई मानव निर्मित गुफा भेटिएका हुन् ।

विगतमा राजाको दरबार भएको क्षेत्रमा करिब ३५ मिटरभन्दा लामा गुफा भेटिएका छन् । ती गुफा राजाले लुक्नका लागि निर्माण गरेको स्थानीयले अनुमान गरेका छन् ।

काँडाकोटमा प्राचीन खस राजाहरुको दरबार रहेको र त्यहाँ युद्ध लड्नका लागि प्रयोग भएका दुई गुफा भेटिएको नरहरिनाथ–८ लालुका शिक्षक नवराज शाहीले बताउनुभयो । ‘प्राचीनकालमा राजाको दरबार रहेको क्षेत्र हो’, उहाँले भन्नुभयो, ‘त्यहाँ पुग्दा प्राचीनकालमा मान्छेले खनेका दुई गुफा भेटिएका छन् ।’

काँडाकोट अग्लो क्षेत्रमा रहेको र अहिले त्यहाँ मानव बस्ती छैन । अहिले त्यहाँ दरबारका भग्नावशेष मात्र रहेको नरहरिनाथ–९ का पूर्व वडाध्यक्ष जोरबहादुर शाहीले जानकारी दिनुभयो ।

‘काँडाकोटमा राजाको दरबारको भग्नाअवेश देख्न सकिन्छ’, उहाँले भन्नुभयो, ‘त्यहाँ धान कुटने गरेको ओखललगायतका अन्य प्राचीन भग्नावशेष पनि फेला परेका छन् ।’ निकै घना जङ्गलको अग्लो डाँडामा दरबारको अवशेष भेटिएको नजिकै चौर, एउटा प्राचीन ढुङ्गा र कुवा पनि भेटिएको उहाँले जानकारी दिनुभयो ।

मानव निर्मित वस्तु फेला परेका कारणले यसको संरक्षण तथा उत्खनन गरेर यहाँको क्षेत्रका विषयमा अध्ययन गर्न आवश्यक रहेको स्थानीय देवेन्द्रबहादुर शाहीले बताउनुभयो । ‘विगतको इतिहास अध्ययन गर्न सरकारी तवरबाट नै संरक्षण गर्न आवश्यक रहेको छ’, उहाँले भन्नुभयो, ‘यी गुफा र दरबार क्षेत्रको उत्खनन गरेर इतिहासका बारेमा जानकारी लिन सकिन्छ ।’

शेयर गर्नुहोस :

0
Shares