मुख्य समाचार

स्वतन्त्र सांसद साह एमालेमा प्रवेश

स्वतन्त्र सांसद साह एमालेमा प्रवेश


काठमाडौं । रौतहट–२ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साह नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार सांसद साहलाई पार्टी प्रवेश गराउनुभएको हो ।

उहाँले रौटहट–२ बाट ३२ हजार आठ सय ४२ मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो । सो अवसरमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो । अब एमालेको प्रतिनिधिसभामा सिट संख्या ७९ पुगेको छ ।

शेयर गर्नुहोस :

0
Shares