ललितपुर । राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको बिजुली बस चढेर पाटन ढोकासम्म यात्रा गर्नुभएको छ ।
शनिबार ललितपुरको पिम्बहालमा आयोजित एक कार्यक्रममा सहभागी हुन उहाँ शीतल निवासबाट साझा यातायातको बिजुली बसमा चढेर पाटन जाँदै गर्नुभएको यातायात सञ्चालक समितिले जनाएको छ ।
पाटन ढोकामा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन लगायतले स्वागत गर्न तयारी अवस्थामा रहेका छन् ।







प्रतिक्रिया