मुख्य समाचार

उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपात, तराईमा हुस्सु

उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपात, तराईमा हुस्सु


काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ भने तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्ने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसले गर्दा आगामी २४ घण्टा उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, तराईका केही भूभागमा बाक्लो हुस्सु र कुहिरो लाग्ने भएको छ । जसले गर्दा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात पनि प्रभावित हुनसक्ने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेकोे छ । देशका बांकी भूभागमा भने आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।

आज दिउसो पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको आकलन छ । देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी, आज राति पनि देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares