मुख्य समाचार

राष्ट्रिय सभा उपचुनावमा भाग लिन ८ दलले दिए निवेदन

राष्ट्रिय सभा उपचुनावमा भाग लिन ८ दलले दिए निवेदन


काठमाडौं । राष्ट्रिय सभा उपनिर्वाचनमा भाग लिन ८ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता निवेदन दिएका छन्।आयोगले पुस २५ देखि २८ गतेसम्म दल दर्ता गरिसक्न समय दिएको थियो ।

माघ २५ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा, राप्रपा, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र बहुजन शक्ति पार्टीले दल दर्ताका लागि निवेदन दिएका हुन् ।

स्थानीय तहमा प्रतिनिधित्व रहेका लोसपा र जनमत पार्टीले भने राष्ट्रिय सभा उपचुनावमा भाग लिन दल दर्ताका लागि निवेदन दिएका छैनन् । लुम्बिनी प्रदेशबाट अन्य समूहतर्फ राष्ट्रिय सभा सदस्य पद रिक्त छ। एक सिटका लागि माघ २५ मा उपचुनाव हुनेछ ।

आयोगका अनुसार माघ ११ मा उम्मेदवारहरूको मनोनयन दर्ता कार्यक्रम छ । राष्ट्रिय सभा उपनिर्वाचनमा प्रदेश सभाका सदस्यहरू तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।

शेयर गर्नुहोस :

0
Shares