मुख्य समाचार

खराब मौसमका कारण आन्तरिक उडान प्रभावित

खराब मौसमका कारण आन्तरिक उडान प्रभावित


काठमाडौं । खराब मौसमका कारण आज आन्तरिक उडान प्रभावित भएको छ ।

मौसममा बदली आई बिहान हुस्सु र कुहिरो लागेका कारण आन्तरिक तर्फका सबै विमानस्थलमा उडान प्रभावित भएको हो ।

काठमाडौं विमानस्थल कार्यालयका अनुसार भिजिबिलिटी कम भएका कारण उडान प्रभावित भएको छ ।

भिजिबिलिटी कम भएपछि काठमाडौंमा भने आएफआर प्रविधिबाट उडान सुरु भएको छ । यसले गर्दा अन्तर्राष्ट्रिय उडान–अवतरण भने रोकिएको छैन ।

शेयर गर्नुहोस :

0
Shares