मुख्य समाचार

आजको माैसम : देशभर पश्चिमी वायुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हिमपातको

आजको माैसम : देशभर पश्चिमी वायुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हिमपातको


काठमाडाैं । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। त्यस्तै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

पश्चिमी वायुको प्रभावले आज दिउसो देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैगरी, आज राति पनि देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टामा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा र देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यससँगै तराईका केही स्थानमा बिहानीपख लाग्ने  हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ।

शेयर गर्नुहोस :

0
Shares