मुख्य समाचार

कोशी एक्स्पो उद्घाटन गर्न अध्यक्ष ओली आज विराटनगर आउँदै

कोशी एक्स्पो उद्घाटन गर्न अध्यक्ष ओली आज विराटनगर आउँदै


काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर आउँदै हुनुहुन्छ । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा सीएनआई कोसी एक्स्पो २०७९ को उद्घाटन गर्न अध्यक्ष ओली विराटनगर आउन लागेका हुन् ।

भव्य समारोहका बीच एक्स्पोको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीले गर्ने कार्यक्रम रहेको छ । एक्स्पो स्थलमा राखिएका करिब चार सय स्टलहरुमा उद्योगी व्यवसायीहरुले आफ्ना उत्पादनको प्रवर्द्धन र विक्री वितरणको तयारी गरिरहेका छन् ।

उद्घाटनलाई भव्यता प्रदान गर्न प्रमुख सल्लाहकार महेश जाजुले विशेष कार्यक्रम तयार पारिएको बताउनुभयो । उहाँले उद्घाटनलाई अविस्मरणीय बनाउन कुनैपनि कसर बाँकी नराख्ने बताउनुभयो । उद्घाटनमा बटुकहरुद्वारा स्वस्तिक बाचनदेखि शान्तिका दूतका रूपमा १३ वटा परेवा र बेलुन उडाउनेसम्मका कार्यक्रम राखिएका छन् । आयोजक समितिका सबै पदाधिकारीहरूले अनिवार्य रूपमा दौरा सुरुवाल लगाएर कार्यक्रममा उपस्थिति जनाउने छन् ।

उद्घाटन अघि अपराह्न १२ बजे विराटनगरको ट्राफिक चोकबाट सबै जातजातिको परम्परा र सांस्कृतिक पहिचान झल्किने पोषाकमा झाँकीसहितको ¥याली पनि निकालिने एक्स्पोको सचिवालयले जनाएको छ ।

महिलाको समूहले पञ्चेबाजा बजाएर झाँकीको सुरुवात गरिने जनाइएको छ । झाँकीमा नेपाल पुलिसको ब्याण्डसहित थारु, झाँगड लगायतका जातजातिको समूह सहभागी हुने सीएनआई प्रदेश १ अध्यक्ष भीम घिमिरेले बताउनुभयो ।

शेयर गर्नुहोस :

0
Shares