Banner news

प्रेस चौतारी झापाले पाँच पत्रकारलाई सम्मान र प्रथम अध्यक्षलाई अभिनन्दन गर्ने

प्रेस चौतारी झापाले पाँच पत्रकारलाई सम्मान र प्रथम अध्यक्षलाई अभिनन्दन गर्ने


झापा । प्रेस चौतारी झापाले जिल्लाका अग्रज पत्रकारमध्ये पाँच जनालाई सम्मान र एक जनालाई अभिनन्दन गर्ने भएको छ ।

चौतारीका जिल्ला इञ्चार्ज सन्तोष आचार्य र जिल्ला अध्यक्ष मनकुमार गदालले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिनुभएको हो ।

विज्ञप्तिका अनुसार प्रेस चौतारी झापाका प्रथम अध्यक्ष नेत्र पाठकलाई अभिनन्दन र अग्रज पत्रकारहरु नकुल काजी, गोविन्दचन्द क्षेत्री, केशव आचार्य, माधव विद्रोही र माया पकुवाललाई सम्मान गर्ने भएको हो । पकुवाललाई मरणोप्रान्त सम्मान गर्ने निर्णय भएको हो ।

झापाको पत्रकारिता क्षेत्रलाई उचाईमा पुर्याउन योगदान पुर्याएवापत उहाँहरुलाई सम्मान र अभिनन्दन गर्न लागिएको चौतारी झापाका इञ्चार्ज आचार्यले बताउनुभयो ।

उहाँहरुलाई प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसर पारेर यही माघ २१ गते विर्तामोडमा एक समारोहबीच सम्मानित गरिने चौतारीका जिल्ला सचिव प्रकाश पौडेलले बताउनुभयो ।

समारोहको प्रमुख अतिथिको रुपमा प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मत कार्की आउनु हुने बतााइएको छ ।

शेयर गर्नुहोस :

0
Shares