बिर्तामोड । मेची सहकारीले झापाको बिर्तामोडमा सदस्यता विस्तार अभियान सञ्चालन गर्ने भएको छ ।
सहकारी संस्थाको विर्तामोड सेवाकेन्द्र व्यवस्थापन समितिको आज वसेको बैठकले फागुन १२ र १३ गते सदस्यता विस्तारका लागि अभियान सञ्चालन गर्ने भएको हो । संस्थाका सेवाकेन्द्र संयोजक उत्तम खनालले मेची सहकारी संस्थाको वित्तीय अवस्था मजवुत रहेको र त्यो जानकारी भएपछि स्थानीयवासी सदस्य बन्ने अवस्था रहेको जानकारी दिनुभयो ।
मेची सहकारीले झापाको दमकमा ५३ वटा घर निर्माण गरी सदस्यलाई हस्तान्तरण गर्ने तयारी गरेको छ । यस्तै, मेची सहकारीले सदस्यका छोराछोरीलाई प्राविधिक शिक्षाका लागि १ प्रतिशत सस्तोमा शैक्षिक कर्जा समेत प्रदान गर्दै आइरहेको छ । कर्जाको किस्ता प्राविधिक शिक्षा अध्ययनपछि कमाउन थालेर तिर्दा हुने व्यवस्था छ ।







प्रतिक्रिया