मुख्य समाचार

सत्ता गठबन्धन जसरी पनि जोगाउने पक्षमा छुः प्रधानमन्त्री प्रचण्ड

सत्ता गठबन्धन जसरी पनि जोगाउने पक्षमा छुः प्रधानमन्त्री प्रचण्ड

k|wfgdGqL …k|r08Ú sf7df8f}F, ^ df3 M k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú n] cfˆgf] d[To’kZrft cfˆgf] z/L/sf ;Dk”0f{ c+u bfg ug]{ 3f]if0ff ug{‘x’Fb} . z’qmaf/ laxfg k|1f ejg sdnfbLdf ;lxb wd{eQm /fli6«o k|Tof/f]k0f s]G›n] ! xhf/ j6f lduf}{nf k|Tof/f]k0f ;DkGg u/]sf] pknIodf cfof]lht ljz]if sfo{qmdnfO{ ;Daf]wg ub}{ k|wfgdGqLn] pQm 3f]if0ff u/]sf x’g . k|wfgdGqLn] eGg’eof]]— ……d]/f] d[To’kZrft ;Dk”0f{ z/L/ bfg ug]{ 3f]if0ff ub{5’ .Æ tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा आफू रहेको बताउनुभएको छ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री दाहालले यस्तो प्रतिक्रिया दिनुभएको हो। उहाँले आज संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै आफूले राष्ट्रिय सहमतिनै गरेर अघि बढ्ने कुरा गरिरहेको उल्लेख गर्नुभयो। उहाँले सत्ता साझेदार दलबीचको एकतालाई जसरी पनि बचाउनु पर्छ भन्नेमा आफू रहेको बताउनुभयो।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग फेरि भेट गरेर देखिएको समस्या तत्काल हल गर्ने बताउनुभयो। सर्वोच्च अदालतको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीलाई केही असहजता भएको आफूले अनुभूति गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले त्यस्ता अप्ठ्यारालाई छलफल गरेर हल उल्लेख गर्नुभएको हो।

प्रधानमन्त्रीले भन्नुभयो, ‘मैले उहाँहरुले गरेको पूरै निर्णय हेर्न पाएको छैन। भर्खरै सुनेँ। मैले बिहान उहाँसँग भएको कुराकानीमा सरकारलाई दिएको समर्थन फिर्ता चाहिँ होइन, मन्त्रीहरु बाहिर निक्लने विषय छलफल भइरहेको छ भन्नुहुन्थ्यो। फेरि हामी छलफल गर्छौं। यसलाई हल गर्नेतिर नै जान्छौं। मेरो कोशिस त थियो– राष्ट्रिय सहमति नै गरौं। हाम्रो सत्ता साझेदार बीचको एकतालाई जसरी पनि बचाउनुपर्छ भन्ने हो। अदालतको निर्णयपछि उहाँहरुलाई केही असहजता भएकै थियो। अब उहाँसँग फेरि भेटेर कुरा गर्छु।’

शेयर गर्नुहोस :

0
Shares