मुख्य समाचार

अन्त्येष्टिका लागि लगेको शिशुको शव आर्यघाटबाट प्रहरी नियन्त्रणमा

अन्त्येष्टिका लागि लगेको शिशुको शव आर्यघाटबाट प्रहरी नियन्त्रणमा


काठमाडौं । पशुपतिमा अन्त्येष्टिका लागि लगिएको १७ महिनाको शिशुको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

तारकेश्वर नगरपालिका–३ चिसापानीमा पानीमा डुबेर मरेको भनिएको थियो । बच्चाको शव अन्त्येष्टिका लागि पशुपति क्षेत्रको आर्यघाटमा ल्याइएको थियो ।

तर शरीरमा निलडाम भएको भन्दै फोन आएपछि प्रहरीले शवलाई नियन्त्रणमा लिएर परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पठाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares