मुख्य समाचार

युएसएआईडी प्रमुख समान्था नेपालमा

युएसएआईडी प्रमुख समान्था नेपालमा


काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावर नेपाल आइपुग्नुभएको छ ।

उहाँ आज बिहान दुईदिने भ्रमणका लागि नेपाल आइपुग्नुभएको हो ।

सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट भएको यही उच्च तहको भ्रमण हो । नेपाल आएलगत्तै समान्था भक्तपुर जानुभएको छ ।

अमेरिकी दूतावासका अनुसार उनले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री विमला पौड्याल राईसँग भेट्ने कार्यक्रम रहेको छ ।

शेयर गर्नुहोस :

0
Shares