मुख्य समाचार

साधारण लेखपढका लागि प्रहरीमा जागिर खुल्यो, १३७ जना माग

साधारण लेखपढका लागि प्रहरीमा जागिर खुल्यो, १३७ जना माग


काठमाडौँ। नेपाल प्रहरीले साधारण लेखपढ गर्न जान्नेका लागि ठुलो सङ्ख्यामा जागिरका लागि दरखास्त आव्हान गरेको छ । शुक्रवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै प्रहरीले भान्छे, हजाम, सिलाइ÷बुनाइ र कुचीकारका लागि १३७ जना माग गरेको हो ।

माग गरिएका मध्ये भान्छे ८२ जना, हजाम १५, सिलाइ÷बुनाइ १०, कुचीकार ३० जना रहेको छ । उक्त पदमा फागुन ३० गतेसम्म दरखास्त दिनु पर्ने सूचनामा उल्लेख गरेको छ ।

शेयर गर्नुहोस :

0
Shares